logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • साफ यू-२० च्याम्पियनसिपमा आज माल्दिभ्स र भुटान खेल्दै

    805Shares
    साफ यू-२० च्याम्पियनसिपमा आज माल्दिभ्स र भुटान खेल्दै

    काठमाडौं । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह बी अन्तर्गत माल्दिभ्स र भुटान खेल्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ।

    आइतबारदेखि सुरु भएको प्रतियोगिताको समूह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलङ्का बाहिरिएको छ। त्यस्तै  सोमबार भएको समूह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो । भुटानले आजको खेल जित्नै पर्ने अवस्थामा खेल्दै छ।

    आजको खेल भुटानले हारेमा प्रतियोगिताबाट बाहिरिने छ। नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बङ्गलादेश र श्रीलङ्कासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्। त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल बिहीबार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ५, बुधबार ०७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार