logo

२०८३ कार्तिक २३ आईतवार

logo
  • २०८३ कार्तिक २३ आईतवार
  • गगन थापा उम्मेदवारी दिएको क्षेत्र सर्लाही–४ मा बिहीबार जाने

    1.2KShares
    गगन थापा उम्मेदवारी दिएको क्षेत्र सर्लाही–४ मा बिहीबार जाने

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै जाने भएका छन् । मंगलबार मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका सभापति थापा बिहीबार मात्रै निर्वाचन क्षेत्रमा जाने तयारीमा रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    ‘भोलिमात्रै आफूले उम्मेदवारी दिएको क्षेत्रमा जाने कि भन्ने योजना बनाइरहनु भएको छ,’ चालिसेले रातोपाटीसँग भने, ‘निश्चित भने भइसकेको छैन ।’ यसअघिका ३ निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेका थापा यो पटक मधेसमा पुगेर निर्वाचन लड्दै छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट