logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • रक क्लाइम्बिङ गर्ने क्रममा तरुण नेताको मृत्यु, पार्टी कार्यलयमा श्रद्धाञ्जली सभा

    976Shares
    रक क्लाइम्बिङ गर्ने क्रममा तरुण नेताको मृत्यु, पार्टी कार्यलयमा  श्रद्धाञ्जली सभा

    खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा तरुण दलका जिल्ला सदस्यको मृत्युु भएको छ। हिजो अपराह्नन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको देविस्थान मन्दिर नजिक रहेको क्लाइम्मिङ सेन्टरमा रक क्लाईम्मिङ गर्ने क्रममा तरुण दल सदस्य सुचन राईको मृत्यु भएको हो।

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउपालिका वडा नं. ६ मा जन्मिएका राई नेपाली कांग्रेस प्रदेश क्षेत्र (क) का कार्यसमिति सदस्य एवं प्रदेश महाधिवेशन प्रतिनिधि समेत रहेको जानकारी नेपाली कांग्रेस खोटाङका प्रवक्ता रोजन राईले जारि गरेको विज्ञप्तिमा जनाइएको छ।

    विज्ञप्तिमा श्रद्धाञ्जली सभा र उनको अन्तिम दाहसंस्कार आजै गरिने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ  ”  नेपाली कांग्रेस खोटाङ प्रदेश  क्षेत्र (क) कार्य समिति सदस्य एवं प्रदेश महाधिवेशन प्रतिनिधि तथा नेेपाल तरुण दल जिल्ला सदस्य सुचन राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको देविस्थानमा रक क्लाइम्बिङ गर्ने सिलसिलामा दुर्घटना हुन गई मृत्यु भएको दुखद खवरले सिंगो नेपाली कांग्रेस खोटाङ मर्माहत भएको छ।

    यस दुखको घडीमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङ मृतात्माको चीर शान्तिको कामना गर्दै , उहालाई अन्तिम श्रद्धाञ्जलीको लागि नेपाली कांग्रेस खोटाङको जिल्ला पार्टी कार्यलयामा  आज विहनन ९:३० बजे देखि ११:३० बजे सम्म श्रद्धाञ्जली सभा आयोजना गरिने भएकोले सम्पुर्ण नेपाली कांग्रेसका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुमा उपस्थिितको लागि अनुरोध गर्दछौ । तत्पश्चात उहाको पार्थिव शरिर अन्तिम दहासंस्कारको लागि उहाको जन्मथलो दिप्रुङ चुइचुम्मा गाउपालिका वडा नं. ६ टेम्मा लगिने कार्यक्रम रहेको छ।”



    फास्ट न्युज    
  • २०८१ बैशाख २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट