logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • आजको मौसम : एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    964Shares
    आजको मौसम : एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं। देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
    तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ।

    यसैगरी कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाउ दिएको छ। आजको मौसमले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा सावधानी अपनाउनुपर्ने देखिएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट