काठमाडौं । भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लिएको बुद्ध एयरको विमानका सबै यात्रु सुरक्षित रहेका छन् । बुद्ध एयरको सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार, विमानमा रहेका सबै यात्रु तथा चालक दल सकुशल छन् । विमानमा ५१ यात्रु थिए ।
काठमाडौंबाट भद्रपुर उडान संख्या ९०१ जहाज ९एन–AMF भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट केही भाग बाहिरिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया