काठमाण्डौ – रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा रहेको ज्योति डिस्टलरीमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । ६ जना कामदार घाइते भएका छन् ।
डिस्टलरीको बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा कटहरिया–८ का ४५ वर्षीय लक्ष्मण राय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ । विस्फोटबारे थप अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले थप टोली घटनास्थलमा परिचालन गरिएको जानकारी दिनुभएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया