logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • चितवन क्षेत्र नं ३ बाट रेनु दाहालको नाम एकल सिफारिस

    1KShares
    चितवन क्षेत्र नं ३ बाट रेनु दाहालको नाम एकल सिफारिस

    चितवन । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आगामी संसदीय निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सर्वसम्मत सिफारिस भएकी छन् ।

    पार्टीको क्षेत्र नम्बर ३ को बिहीबार बसेको बैठकले क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका मेयर दाहाललाई प्रतिनिधिसभा उम्मेदवारको लागि एकल सिफारिस गरेको हो ।

    मेयर दाहालका अनुसार आजको बैठकमा आगामी फागुन २१ गते तोकिएको संसदीय निर्वाचनको लागि उनको मात्रै एकल नाम सिफारिस भएको हो । ‘बिहीबार ३ नम्बर क्षेत्रको पार्टीको बैठक थियो । मेरो मात्रै नाम प्रत्यक्षतर्फ सिफारिस भयो’, दाहालले भनिन्, ‘साथीहरूको विश्वासलाई स्वीकार गर्छु । महानगर छोडेर निर्वाचनमा अघि बढ्नुपर्छ । चुनौतीका बीच पार्टीको निर्णय स्वीकार गरेको हुँ ।’



    फास्ट न्युज    
  • २०८२ पुष १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट