logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा

    994Shares
    आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको बताएका छन् ।गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।

    यसबारे झापाको क्षेत्रीय समितिलाई जानकारी गराइसकेको पनि उनले बताए । शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस भएका थिए ।
    लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार नबन्ने उनको आशय थियो ।महामन्त्री शर्माले महाधिवेशनमार्फत पार्टीमा नयाँ दृष्टिकोण र नयाँ नेतृत्व आउने विश्वास व्यक्त गरे । उनले महाधिवेशन सम्पन्न भए कांग्रेसप्रति जनविश्वास थप बलियो हुने बताए ।



    फास्ट न्युज    
  • २०८२ पुष १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट