logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • कांग्रेस आधिकारिकता विवाद सुनुवाइ आज, न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा पेसी

    784Shares
    कांग्रेस आधिकारिकता विवाद  सुनुवाइ आज, न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा पेसी

    काठमाडौँ( नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त मुद्दा न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेश हुने भएको हो।

    विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै दायर गरिएको रिटमा यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीहरूलाई सूचना दिन आदेश दिएको थियो।

    यसअघि माघ ६ गते प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश सुनिलकुमार पोखरेलले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै मुद्दामा जटिल संवैधानिक र राजनीतिक प्रश्नहरू रहेको उल्लेख गरेका थिए। साथै, गगनकुमार थापा र विश्वप्रकाश शर्माविरुद्ध कारण देखाउ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकारमा राखिएको थियो।

    सर्वोच्च अदालतले निर्वाचन आयोगसहितका विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएकोमा सबै पक्षबाट जवाफ आइसकेको छ।

    निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले उक्त निर्णयविरुद्ध रिट दायर गरेका हुन्।

    रिटमा विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै कार्यसमिति विघटन गर्न माग गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट