काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले आफ्नो कार्यकाल एक महिना थप गर्न सरकारसँग आग्रह गरेको छ।
छानबिनलाई थप गहिराइमा लैजानुपर्ने आवश्यकता देखिएकाले म्याद थपको माग गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए। आवश्यक प्रमाण संकलन र बयान लिन समय लाग्ने भएकाले प्रधानमन्त्रीसँग औपचारिक छलफलमार्फत म्याद थपको अनुरोध गरिएको उनले बताए।
अध्यक्ष कार्कीका अनुसार आयोगले आगामी साता विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। घटनासँग सम्बन्धित सबै पक्षको धारणा सुनेर निष्पक्ष निष्कर्षमा पुग्ने आयोगको उद्देश्य रहेको उनको भनाइ छ।
आयोगले तोकिएको समयसीमाभित्र यथासक्य तथ्य संकलन गरिसकेको भए पनि थप अनुसन्धानका लागि म्याद बढाउनुपर्ने निष्कर्षमा पुगेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया