काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।
यी दुई टिमबीच हुने आजको खेलले तालिकाको पुछारमा रहने टिमको टुंगो लगाउनेछ । यो दोस्रो संस्करणमा लिग चरणको अन्तिम खेलसमेत हो ।
तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई अंक जोडेको छ । कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो ।
यता, साविक विजेता जनकपुर बोल्ट्स तालिकाको पुछारमा छ । गत सिजन सुदूरपश्चिम रोयल्सलाई उपाधि भिड्न्तमा हराउँदै च्याम्पियन बनेको जनकपुरले यो सिजन ६ खेल खेल्दा एकमा मात्रै जित निकालेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया