logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • निर्वाचन आयोगद्धारा समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    925Shares
    निर्वाचन आयोगद्धारा समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौं।निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।कान्तिपथस्थित आयोगको कार्यालय बहादुर भवनमा स्थापना भएको सो कार्यालयको सोमबार  एक समारोहबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्‍घाटन गरे । मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव माहादेव पन्थले आजै जिम्मेवारी वहन गरेका छन् ।

    उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतको रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई तोकिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिक निर्वाचन व्यवस्थापनको लागि कुल ४१ जना कर्मचारीहरू कार्यरत रहने बताइएको छ।



    फास्ट न्युज    
  • २०८२ मंसिर १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट