logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • प्रतिनिधि सभा निर्वाचनमा भाग लिने दलको सङ्‍ख्या २५ पुग्यो

    844Shares
    प्रतिनिधि सभा निर्वाचनमा भाग लिने दलको सङ्‍ख्या २५ पुग्यो

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्नेको सङ्ख्या २५ पुगेको छ । आयोगले सूचना जारी गरेको तेस्रो दिन ८ दलले दर्ता गराएसँगै आगामी प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि दर्ता गर्ने दलको सङ्‍ख्या २५ पुगेको हो ।

    आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार दलमर्दन कामी नेतृत्वको संयुक्त नागरिक पार्टी, खड्गप्रसाद पालुङग्वा नेतृत्वको नेपाल जनमुक्ति पार्टी, चन्द्रदेव जोशी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), जितेन्द्र घिमिरे नेतृत्वको राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल, हरिनारायण यादव नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा र किशोरकुमार विश्वास नेतृत्वको समावेशी समाजवादी पार्टी दर्ता भएका हुन् ।

    यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनका लागि भने अहिलेसम्म ६ वटा दल दर्ता भएका छन् । जसमा बुधबार केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए ।

    निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि मंसिर १० गतेसम्म र आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिनका लागि मंसिर ७ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्नुपर्नेछ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार