logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • ‘परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य’

    1.2KShares
    ‘परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य’

    झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा परिवर्तन अनुभूत गराउन दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हुनुपर्ने धारणा व्यक्त गरेकी छन् । झापाको विर्तामोडमा शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै जनस्तरमा परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिइन् ।

    राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर मात्र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उनले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले राज्यका तर्फबाट विज्ञान, प्रविधि र गणित शिक्षालाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन् ।

    जेठ २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विर्तामोडस्थित देवी माध्यमिक विद्यालयको परिसरमा भइरहेको छ । कार्यक्रममा कोशी प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालयले आफ्ना विद्यार्थीद्वारा निर्मित वैज्ञानिक प्रयोगका सामग्री प्रदर्शन गरेका छन् ।

    प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु चार लाख, रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्रदान गरिने आयोजक विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिए । -रासस



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट