logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • चार हजार नौ सयले बढ्यो सुनको मूल्य

    1KShares
    चार हजार नौ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ । नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ ।अघिल्लो दिनको तुलनामा आज (मंगलबार) प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रुपियाँ तोकेको छ । अघिल्लो दिन दुई लाख ४१ हजार पाँच सय रुपियाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपियाँ बढेको छ ।

    अघिल्लो दिन तीन हजार ६५ रुपियाँ रहेको चाँदी आज तीन हजार १७० रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार