logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • राजनीतिक दल र जेनजी प्रतिनिधिलाई संयुक्त छलफलमा सहभागी हुन प्रधानमन्त्रीको आब्हान

    1.1KShares
    राजनीतिक दल र जेनजी प्रतिनिधिलाई संयुक्त छलफलमा सहभागी हुन प्रधानमन्त्रीको आब्हान

    काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दल र जेनजी प्रतिनिधिलाई संयुक्त छलफलमा बोलाएकी छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बुधबार अपराह्न ४ बजे बालुवाटारमा छलफलका लागि आब्हान भएको छ।
    सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुन लागेको यो पहिलोपल्ट हो ।

    बैठकमा जेनजीका विभिन्न समुहसहित राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ । यस अघि प्रधानमन्त्री कार्कीले कार्तिक ४ गते गरेको राजनीतिक दलसँग गरेको छलफलमा अर्को छलफल जेनजीका प्रतिनिधिलाई राखेर गर्ने बताएकी थिइन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट