logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

    1.1KShares
    नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

    काठमाडौँ, ५ असोज: नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्ने भएका हुन् । स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुँदैछ । प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।

    कुलुङ एसिया वरियताका एक नम्बर खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी खेलाडी हुन् । चारै जना खेलाडीले सिङ्गल लामो दूरीको ट्रेल रनमा प्रतिस्पर्धा गर्नेछन् । टोली व्यवस्थापक प्रिती खत्रीले अन्तरराष्ट्रिय मापदण्डअनुसार खेलाडी छनोट गरिएको बताउनुभयो । जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आइटीआरए स्कोर आवश्यक थियो । जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन् । खत्रीले भन्नुभयो, “हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय र्याङकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।”



    फास्ट न्युज    
  • २०८२ आश्विन ५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट