logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • यूएईले भिसा नदिएपछि क्यानले आईसीसी मार्फत पहल थाल्यो

    1KShares
    यूएईले भिसा नदिएपछि क्यानले आईसीसी मार्फत पहल थाल्यो

    काठमाडौं । वेस्ट इन्डिजसँग अर्को साता हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई यूएईले भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत पहल थालेको छ।

    यसअघि यूएईले आवेदन दिएको दोस्रो दिनमा भिसा दिने गरे पनि यसपटक एकसातासम्म पनि खेलाडीहरूको भिसा जारी गरेको छैन। २४ तारिखभित्रमा यूएई पुगिसक्ने क्यानको तयारी रहे पनि पछिल्लो परिस्थितिका कारण नेपालीहरूला भिसामा रोक लगाएको छ। जसको मारमा क्रिकेट टोली पनि परेको छ।

    ‘यसअघि १/२ दिनमै भिसा आउँथ्यो। तर, यसपटक ६ दिन भइसक्दा पनि भिसा लागेको छैन,’ क्यानका प्रवक्ता छुम्बी लामाले नेपालखबरसँग भने, ‘अहिले हामी दुवै क्रिकेट बोर्ड र आईसीसीमार्फत पहल गरिरहेका छौँ।’ नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी-२० सिरिज खेल्न लागेको हो। सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ-आफ्नो टोली घोषणा गरिसकेका छन्। क्यानले टोलीलाई बिहीबार नै बिदा गरे पनि भिसाका कारण रोकिएका छन्।



    फास्ट न्युज    
  • २०८२ आश्विन ३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट