logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • रास्वपाले किन रोक्यो लेखजंग थापाको पत्रकार सम्मेलन ?

    952Shares
    रास्वपाले किन रोक्यो लेखजंग थापाको पत्रकार सम्मेलन ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगन गरेको छ। सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तय भएकोमा स्थगन भएको हो।

    रास्वपा प्रवक्ता मनिष झाका अनुसार विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयका लागि सारिएको छ। रास्वपाले साउन ७ गतेदेखि भदौ ८ गतेसम्म रूपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न विभिन्न प्रक्रिया गरेको थियो। उक्त प्रक्रियाबाट लेखजंग रास्वपा उम्मेदवार चयन भएका थिए।

    रूपन्देही ३ मा रास्वपाबाट ९ जना उम्मेदवार आकांक्षी थिए। तीमध्ये लेखजंगलाई रास्वपाले आइतबार उम्मेदवार घोषणा गरेको थियो। तर लेखजंगले बहुविवाह गरेको सम्बन्धी विषय बाहिर आएपछि उनी विवादमा तानिएका थिए।

    रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको छ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट