logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • विष्णुराज राई विज्ञ बनेसँगै नौ महिनापछि बल्ल पायो खोटाङको भूमि आयोगले पूर्णता

    1.8KShares
    विष्णुराज राई विज्ञ बनेसँगै नौ महिनापछि बल्ल पायो खोटाङको भूमि आयोगले पूर्णता

      खोटाङ । खोटाङको भूमि समस्या समाधान आयोगमा बिष्णुराज राईले आयोगको विज्ञ सदस्यमा नियुक्ति पाएसँगै समितिले  पूर्णता पाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भदौ १० गत्तेको मन्त्री स्तरीय निर्णयबाट राईले विज्ञ सदस्यको रुपमा जिम्मेवारी पाएका हुन।

    आयोगको अध्यक्षमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष निर्मल कुमार राईले नियुक्ति पाएको नौ महिना पछि नेपाली कांग्रेसका जिल्ला  संगठन विभाग प्रमुख बिष्णुराज राईलाई मन्त्रालयले नियुक्त गरेको हो। नेपाली कांग्रेस खोटाङको आन्तरिक राजनीतिमा देखिएको गुटगत राजनीतिको चलखेलको कारण भूमि आयोगले पूर्णता पाउन नसकेको हो।

    पार्टीमा पुर्व क्षेत्रीय सभापति वनिसकेका राई गत महाधिवेशनमा सभापति शेर वहादुर देउवा समुहबाट उमेद्वार वनेका थिए। विज्ञ सदस्यमा रोक्न कृष्णप्रसाद सिटौला समूह कम्मर कसेर लागिपरेको तर जिल्ला सभापति बिष्णु कुमार राई र केन्द्रीय सभापति शेर बहादुर देउवाले न्यायिक निर्णय गरेको बिष्णुराज राईले बताए। उनले भने ” म यो जिम्मेवारी पाउनुपर्छ भनेर मरिहत्ते  गर्ने मानिस पनि होइन। पार्टीका नेताहरुले तपाईंले काम गर्नुपर्छ भने पछि म तयार भएको हुँ । केही साथीहरू मेरो विरुद्धमा केन्द्रीय सभापति ज्युको सम्म धाएको जानकारी पाए तर सभापति  ज्युले न्यायिक निर्णय गर्नुभएको छ। उहाहरु प्रति आभारी छु।” उनको नियुक्ति संगै आयोगले अब द्रुत गतिमा भूमिहिन जनताको पक्षमा काम गर्ने वातावरण बनेको आयोग अध्यक्ष निर्मल कुमार राईले बताए।

    व्यक्तिगत कामको सिलसिलामा खोटाङ बाहिर रहेका अध्यक्ष राईले अब चाडै फर्केर विज्ञ राईलाई पदभार ग्रहण र स्वागत गर्ने बताए ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट