logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • विद्युत् प्राधिकरणको नाफा ९ अर्बभन्दा बढी

    997Shares
    विद्युत् प्राधिकरणको नाफा ९ अर्बभन्दा बढी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१\८२ मा विद्युत् बिक्रीसहित १ खर्ब ३८ अर्ब ८७ करोडको कारोबार गरेको छ । भने सो समयमा ९ अर्ब ६ करोड ७० लाख ९करअघिको० नाफा कमाएको छ । प्राधिकरणको जारी ४०औँ वार्षिकोत्सव समारोहमा यो तथ्यांक सार्वजनिक गर्ने तयारी छ ।

    अघिल्लो आव २०८०\८१ मा १० अर्ब ५३ करोड नाफा गरेको थियो । यो अवधिमा प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भएको छ । भने कुल सम्पत्ति ६ खर्ब ८७ अर्ब ९१ करोड पुगेको छ । ग्राहक सङ्ख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष ४\६ प्रतिशत पुगेको छ । विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको छ ।

    आर्थिक वर्ष २०८१\८२ मा प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत् थपिएको छ । जसमा निजी क्षेत्रबाट २८० मेगावाट विद्युत् उत्पादन थप भएको हो ।आर्थिक वर्ष २०८१\८२ मा विद्युत् व्यापारको क्षेत्रमा ऐतिहासिक वर्ष प्राधिकरणले जनाएको छ । नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय विद्युत् निर्यातको सम्झौता भएको छ । जसअनुसार बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरूवात भइसकेको छ ।

    प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएपछि सार्वजनिक गरेको श्वेतपत्रमा ९ अर्ब ४८ करोड नाफा देखिएको थियो । अहिले थोरै नाफा घटेको देखिन्छ । प्राधिकरणबाट बाहिरिँदा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आव २०८१\८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफाको तथ्यांक सार्वजनिक गरेका थिए । आव २०७२\७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा थियो । भने त्यसपछिका वर्षमा निरन्तर नाफा कमाउँदै आएको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट