काठमाडौं।काठमाडौंको वाग्मती नदीमा शनिबार दिउँसो बाढी आएको छ ।गौरीघाटमा वाग्मतीको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।“साउन ३१ गते, दिउँसो ४ः४० बजे । काठमाडौं जिल्लास्थित वाग्मती नदीको गौरीघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र वाग्मती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाइराखौँ,” विभागले सूचना प्रकाशित गरी सतर्क रहन आब्हान गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया