logo

२०८३ जेष्ठ १३ बुधबार

logo
  • २०८३ जेष्ठ १३ बुधबार
  • २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल उत्तर काेरियासँग पराजित

    1.4KShares
    २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल उत्तर काेरियासँग पराजित

    काठमाण्डाै – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार बेहोरेको छ ।

    भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित भयो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थपेको हो ।

    यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको एशियन कपमा छनोट भएको छ । उत्तर कोरियाले ३ वटै खेल जितेर ९ अङ्क जोड्यो । उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० र दोस्रो खेलमा भूटानलाई १०–० गोलले हराएको थियो ।

    यो हारसँगै नेपाल एशियन कपमा छनोट हुन असफल भएको छ । नेपालले ३ खेलबाट ४ अङ्क जोड्यो । प्रतियोगितामा नेपालले पहिलो खेलमा भूटानसँग १–१ गोलको बराबरी खेल्दा साउदी अरबलाई १–० गोलले हराएको थियो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट