logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • पूर्व राष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

    1.1KShares
    पूर्व राष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएकी छिन्।भण्डारीले शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटबाट आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेकी हुन्।

    गत मंगलबार सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो।
    असार १४ गते ७४ औं मदनजयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा बिराम लगाउने गरी एमालेले निर्णय गरेपछि अब के गर्ने भनेर बताउन उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन्।

    पत्रकार सम्मेलनमा उनले आफूनिकट नेता–कार्यकर्ताहरूलाई पनि बोलाएकी छिन्।एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवम् कानुनी प्रतिवादको तयारी गरेकी छन्।
    भण्डारीले विभिन्न विकल्पबारे परामर्श गरिरहेको उनीनिकट नेताहरूले जानकारी दिएका छन्।



    फास्ट न्युज    
  • २०८२ श्रावण ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट