logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • अबदेखि रुकुम पूर्वको सदरमुकाम रुकुमको, विवाद पनि मिल्यो

    1.2KShares
    अबदेखि रुकुम पूर्वको सदरमुकाम रुकुमको, विवाद पनि मिल्यो

    काठमाडौं । संघीय सरकारले रुकुम (पूर्वी भाग)  जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय गरेको छ । यही साउन ७ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यससँगै रुकुम पूर्वको सदरमुकामको विवाद पनि मिलेको छ ।

    सोमबारको बैठकले विभिन्न १३ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । उता नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    नेपाल सरकारको नाममा दर्ता रहेको रुपन्देही जिल्ला साविक सिलौटिया गा।वि।स। वडा नं. ६ को सरकारी प्रकृतिको ०-९-० बिघा जग्गा प्रशासकीय भवन निर्माणका लागि मर्चवारी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

     



    फास्ट न्युज    
  • २०८२ श्रावण ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट