काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार जिल्लाको टिमुरेमा बाढीले १८ जना बेपत्ता भएका हुन् ।
तीनजना प्रहरी, चारजना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका र नौजनाको उद्धार गरिएको उनले बताए । उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।
बाढीले रसुवागढीको मितेरी पुल र दर्जनौँ गाडी बगाएको छ । भीषण वर्षासँगैको बाढी र पहिरोका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने जानकारी आएको छ । क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया