logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • गभर्नर पौडेलसँग १४ करोडको सेयर,अरु सम्पत्ति कति ?

    1.1KShares
    गभर्नर पौडेलसँग १४ करोडको सेयर,अरु सम्पत्ति कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ ।

    आफैंले सार्वजनिक गरेको विवरणमा उनको सम्पत्ति ‘मनग्गे’ देखिन्छ । राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले विभिन्न कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँको सेयर लगानी गरेका छन् ।

    सानिमा बैंक, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जीमा उनको सेयर लगानी छ ।

    गभर्नर पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार रहेको छ । यस्तै, उनकी श्रीमती शर्माको नाममा नवलपरासी र ललितपुरमा १ करोड ५५ लाख रुपैयाँमा खरिद गरेको जग्गा रहेको छ ।

    त्यस्तै, गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा विभिन्न तीनवटा बैंकमा बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको नाममा २० लाख ६८ हजार रुपैयाँ र सानिमा बैंकको डलर खातामा चार हजार भन्दा बढी अमेरिकी डलर रहेको व्यहोरा उनले खुलाएका छन् ।

    गभर्नर पौडेल र उनकी श्रीमतीको नाममा सानिमा बैंकमा रहेको डलर खातामा ४ हजार ५१३ अमेरिकी डलर रहेको छ । जसको आजको दर अनुसार ६ लाख २२ हजार २५६ रुपैयाँ हाराहारी हो ।

    सम्पत्ति विवरणमा उल्लेख गरे अनुसार गभर्नर पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिराको गहना रहेको छ । त्यसबाहेक उनीसँग ४५ तोला सुन रहेको छ । जसको आजको भाउ अनुसार ८६ लाख ४० हजार रुपैयाँ बराबरको हुन आउँछ ।



    फास्ट न्युज    
  • २०८२ असार ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट