तेहरान। इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः यो युद्धलाई नलम्ब्याउने पक्षमा पुगेका छन्।
इजरायलले आणविक हतियार राखेको आरोपमा आक्रमण थालेको एक सातापछि युद्धमा जोडिएको अमेरिकाले इरानका तीन आणविक केन्द्रमा बम हानेको थियोे। तर उसको उक्त निर्णय प्रत्युत्पादक सावित भयो। इरानले गयराति कतारस्थि अमेरिकी सैन्य बेसमै ६ वटा मिसाइल हानेर धावा बोलिदियो। त्यसपछि इरानको शासक नै फेर्ने अभियानमा रहेका ट्रम्प युद्ध विराम घोषणा गर्न पुगेका छन्।
इरानको सरकारी समाचार एजेन्सी इर्नाले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९९आईआरजीसी० को वक्तव्य उद्धृत गर्दै इरानबाट प्रक्षेपित ६ वटा मिसाइल कतारको अल उदैदस्थित अमेरिकी सैन्य बेसमा खसेको पुष्टि गरेको छ। यस आक्रमणलाई गत साता अमेरिकाद्वारा इरानका प्रमुख परमाणु स्थलमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको थियोे।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया