logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • अनेरास्ववियु केन्द्रीय समितिको २०३ पदका लागि ५ सय बढी उम्मेदवार

    1.3KShares
    अनेरास्ववियु केन्द्रीय समितिको २०३ पदका लागि ५ सय बढी उम्मेदवार

    काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी निर्वाचन प्रक्रियामा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।

    उपाध्यक्ष खुलामा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा दिपक धामी, आर के रोमस, सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले सचिवमा उम्मेदवारी हालेका छन् ।

    ४ जना सचिवमा ३६ जना मैदानमा छन् ।त्यसैगरी यसैपटकदेखि थप गरिएको अनुशासन, लेखा र नीति तथा अनुगमन आयोगमा प्रकाश विष्ट, विराज अर्याल र धर्मशीला रोकायाको उम्मेदवारी परेको छ ।अधिवेशनले १५१ सदस्यीय केन्द्रीय कमिटी, आयोगका पदाधिकारीसहित १३ जनासमेत गरी २०३ पदका लागि ५ सय बढी उम्मेदवारी परेको छ । आयोग प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुनेछन् ।४९ सदस्यीय सचिवालय पनि हलले नै चुन्नेछ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट