logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ: सभापति देउवा

    1KShares
    कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ: सभापति देउवा

    दमौली (तनहुँ) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन् ।

    सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा मंगलबारआयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए ।

    सभापति देउवाले भने, ‘पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ । उच्च मूल्याङ्कन गर्छ ।’ उनले विसं २००७ देखि नै लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, ‘त्यस्तै बलिदान दिनेमध्ये सहिद कल्याण खनाल हुनुहुन्थ्यो । देशका लागि जीवन बलिदानी दिने साथीहरूले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ । उहाँहरूले देखाएको बाटोमा अगाडि बढेमात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ ।’

    सभापति देउवाले सहिद कल्याण खनाललाई व्यक्तिगत रूपमा चिनेको बताउँदै तत्कालीन अवस्थामा उहाँले आफूलाई धेरै सहयोग गरेको स्मरण गरे । सो अवसरमा सभापति देउवाले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्धकदको सालिकको अनावरण गरेका थिए ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट