logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

    1.1KShares
    लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा जित निकालेको थियो । हालसम्म शृंखलामा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबारको खेलमा भने कीर्तिमानी जितबाट चुकेको थियो ।

    नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ।

    उता सिरिजमा आफुले खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा हुनेछ।

    लिग २ को अंकतालिकामा २२ खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट