काठमाडौँ। २–१ गोल अन्तरले नर्वेलाई पराजित गर्दै इङल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरे । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाउनुभएको थियो ।
अब इङल्यान्डको सामना अर्जेन्टिना र स्विट्जरल्यान्डबिच हुने क्वार्टरफाइनलको विजेतासँग हुनेछ । अहिले अर्जेन्टिना र स्विटजरल्यान्डबिच खेल जारी छ । अर्जेन्टिना एक गोलका साथ अग्रपङ्तिमा छ । रासस
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया