काठमाडौँ । नेपाल ए ले त्रिकोणात्मक एकदिवसीय सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ए ले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा मयन यादवले उत्कृष्ट ७२ रनको योगदान दिए । यस्तै सन्दीप जोराले ३६, कुशल मल्लले ३३, कप्तान अनिल कुमार शाहले २७ तथा पवन सराफले अविजित २४ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका समित पटेलले शानदार शतकीय इनिङ्स खेल्दै ११६ रन जोडे ।
नेपाल ए ले यसअघि बिहीबार सम्पन्न खेलमा स्कटल्याण्डलाई पनि पराजित गरेको थियो । नेपाल ए ले अब मे ९ मा स्कटल्याण्डसँग तथा मे ११ मा अमेरिकासँग पुनः प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया