logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • साफ महिला च्याम्पियनशिप फुटबल: नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा

    952Shares
    साफ महिला च्याम्पियनशिप फुटबल: नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा

    काठमाडाैं । नेपाल समूह ‘बी’ को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे ।

    योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोलले हरायो । समूह ‘ए’ बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।

    अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ । सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल आउँदाे बुधवार हुनेछ



    फास्ट न्युज    
  • २०८१ कार्तिक ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार