logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • संसद् नियमित चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए : सभामुख घिमिरे

    1KShares
    संसद् नियमित चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए : सभामुख घिमिरे

    काठमाडौँ|  सभामुख देवराज घिमिरेले संसद् चल्न नसक्दा विधेयकहरू अड्किएको बताएका छन्।डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डीन) को ४५औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा आज ललितपुरमा भएको कार्यक्रममा उहाँले संसद् चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन लगायतका महत्त्वपूर्ण ऐनहरू अड्किएर बसेको उल्लेख  गरेका छन्  ।

    उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए । उनले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको जिकिर गरे । उनले संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    उनले संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। सभामुख घिमिरेले कानून बनाउने, कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार