logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी

    1KShares
    राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएपछि बुधबार (आज)का लागि पेसी तोकिएको हो ।

    सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको रिटकर्तामध्येका अधिवक्ता अनन्त लुइँटेलले जानकारी दिएका छन् । रिटमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ ।

    राष्ट्र बैंकजस्तो संवेदनशील निकायमा प्रक्रियाविपरीत नियुक्ति भएका र शैक्षिक योग्यता समेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् । पौडेल जेठ ६ गते गभर्नर नियुक्त भएका थिए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट