काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ सुरु भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।अब बाँकी बहस भोलि हुनेछ ।
उच्चको आदेश बेरितको ठहरिएमा इजलासले यसलाई उल्टाएर जिल्लाको आदेश सदर गर्न सक्नेछ । त्यसो भयो भने रवि धरौटीमा छुट्नेछन् । यदि उच्चकै सदर भए रवि थुनामै रहनुपर्छ । रविसँगै सहकारी ठगीमा आरोपित गरिएका पूर्वडीआइजी छविलाल जोशीको पनि सुनुवाइ भइरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया