logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • रवि-छविको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखियो

    964Shares
    रवि-छविको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखियो

    काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ सुरु भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।अब बाँकी बहस भोलि हुनेछ ।

    उच्चको आदेश बेरितको ठहरिएमा इजलासले यसलाई उल्टाएर जिल्लाको आदेश सदर गर्न सक्नेछ । त्यसो भयो भने रवि धरौटीमा छुट्नेछन् । यदि उच्चकै सदर भए रवि थुनामै रहनुपर्छ । रविसँगै सहकारी ठगीमा आरोपित गरिएका पूर्वडीआइजी छविलाल जोशीको पनि सुनुवाइ भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट