logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर

    955Shares
    प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा अ‍ोली र सांसहरुबीच प्रश्नोत्तर हुने भएको छ ।  बिहान ११ः०० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सवालजवाफ हुने भएको हो ।

    आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

    यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सञ्चारमाध्यमलाई जानकारी दिए ।

    साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार