काठमाण्डौ । महिला टी–२० विश्वकपका लागि नेपाललेआज संयुक्त अरब इमिरेट्स ९यूएई० सँग खेल्दैछ । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा भइरहेको एशियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो। यो खेल अहिले बिहान पौने ९ बजे शुरु हुनेछ । यो खेलमा जितेमा नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर–३ को एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।
प्रतियोगितामा हिजोको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’ को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टोली हुन् । प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया