logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • कपिलवस्तुको बुद्धभूमिमा कारले ठक्कर दिँदा दुई महिलाको ज्यान गयो

    955Shares
    कपिलवस्तुको बुद्धभूमिमा कारले ठक्कर दिँदा दुई महिलाको ज्यान गयो

    काठमाण्डौ। कपिलवस्तुमा कारको ठक्करबाट दुई जना महिलाको ज्यान गएको छ। शुक्रबार बिहान करिब पौने ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

    कारको ठक्करबाट अन्दाजी ६०–६५ वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक शर्माका अनुसार कार चालक रुपन्देही, सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट