logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • आजबाट माओवादी केन्द्रको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान

    979Shares
    आजबाट माओवादी केन्द्रको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान

    राजमार्गकेन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू गर्दैछ। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुगिसकेका छन्। बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ। अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन्। विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जानकारी दिएको छ।

    कूल १ हजार ७६७ किलोमिटर यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ। यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो। फागुन १२ गतेदेखि सुरू भएको उक्त अभियान वैशाखसम्म चलेको थियो। अभियानमा मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एकएक ठाउँमा जनसभा राख्नेछन्। प्रत्येक जिल्ला समन्वय समितिले एक-एक स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ।

    बैतडीबाट सुरू भएको अभियान आजै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुनेछ। जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ भने जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ। जेठ ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको छ। जेठ ६ गते पश्चिम रूकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुने माओवादी केन्द्रले जनाएको छ। जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ।

    त्यस्तै जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवाद हुनेछ। माओवादी केन्द्रको अभियान जेठ १० गते कास्की पोखरा आइपुग्नेछ र जनसभामा परिणत हुनेछ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट