काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।
पहिले राजालाई उच्च आदरार्थी भाषा प्रयोग गर्ने सञ्चारमाध्यमहरूले नागरिकका छोराछोरीलाई किन मान्ने भन्ने सोच लिएका ओलीले आरोप लगाए । अङ्ग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन उनको आग्रह छ । नेपाली संस्कार र संस्कृतिअनुसार सम्मानको भाषा बोल्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले हजुरबुबा र नातिका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे ज्यूनार हुन्थ्यो । बस्दैनथे, आराम गर्थे । सुन्दैनथे श्रवण हुन्थ्यो । राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने रु यिनलाई सम्मान किन गर्ने रु यू भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो । जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’ प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरू भाषामा नभएको जनाए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया