logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, दुई घाइते

    1KShares
    पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, दुई घाइते

    तानसेन । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

    दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    मृत्यु हुनेमा रैनादेवी छहरा(१ सिद्धेश्वका ३६ वर्षीय दीपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामी छन्।

    घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप सडकबाट दुई सय मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट