logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    1KShares
    सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै १९ गते नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिए।

    ‘१९ गते नीति तथा कार्यक्रम हामी पेस गर्छौँ,’ ओलीले बैठकमा भने,‘ २० गते हामी संसदीय दलको बैठक बस्छौँ। त्यसदिन हामी १९ गते पेस भएको नीति तथा कार्यक्रम सम्बन्धमा दलका नेताहरु र विज्ञहरुसमेतबाट पनि फिडब्याक लिन्छौँ।’ नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट बनाउने गर्दछ। प्रत्येक वर्ष जेठ १५ गते संसद्‍‍मा बजेट प्रस्तुत हुन्छ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार