logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • काठमाडौँ उपत्यकासहित देशभर बढ्यो गर्मी

    904Shares
    काठमाडौँ उपत्यकासहित देशभर बढ्यो गर्मी

    काठमाडौं । पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ ।काठमाडौंमा मंगलबार (आज) सोमबारको तुलनामा बढी गर्मी हुनेछ । हिजो (सोमबार) काठमाडौंमा अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस रहेको थियो । आइतबार २९.५ डिग्री सेल्सियस रहेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ ।

    हाल देशमा  स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको महाशाखाको भनाई  छ । मंगलबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। मौसमविद् मानन्धरले देशभर अझै तापक्रम बढ्दै जाने  बताएका छन् । उहाँका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना छैन । तर थोरै ठाउँहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान छ ।

    पश्चिम तराईको धनगढीमा हिजो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको मौसमविद्ले बताएका छन् |जस  अनुसार आज त्यहाँको तापक्रम ४० डिग्रिसम्म पुग्ने अनुमान छ ।खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावितसमेत भएको छ । यस्तै काठमाण्डौ उपत्यकामा पनि गर्मी अत्यधिक महसूस हुन थालेको छ ।

    ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध समेत गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट