logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • भोलिदेखि प्रतिसिलिन्डर ७.१ केजी ग्यास, मूल्य पनि आधा

    838Shares
    भोलिदेखि प्रतिसिलिन्डर ७.१ केजी ग्यास, मूल्य पनि आधा

    काठमाडौं । नेपाल आयल निगमले प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएका कारण आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन ७.१ केजी ग्यास भरेर वितरण गर्ने जनाएकाे छन् ।

    यही फागुन २९ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरिएको निगमले जनाएको छ । साथै निगमले ग्यासको तौल घटाएर मूल्य पनि घटाएको छ । “ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर आधार मूल्य (रु ९५५) मा विक्री वितरण गर्ने निर्णय भएको…,” निगमले भनेको छ ।

    भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपी ग्यास प्राप्तिमा समस्या देखिन थालेको भन्दै निगमले यस्तो जनाएको हो ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट