logo

२०८३ भाद्र २७ शनिबार

logo
  • २०८३ भाद्र २७ शनिबार
  • टी-२०आई क्रिकेट: हङकङ र नेपालकाे खेल रद्द, फाइनलमा नेपाल र कुवेत भिड्ने

    1.1KShares
    टी-२०आई क्रिकेट: हङकङ र नेपालकाे खेल रद्द, फाइनलमा नेपाल र कुवेत भिड्ने

    काठमाडौं । हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

    ३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।

    खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन । नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ३०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट