काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आइपिएलमा लगातार चौथो जीत निकालेको छ।
केएल राहुलको उत्कृष्ट ब्याटिङसँगै दिल्लीले जीत निकालेको हो ।
बिहीबार सम्पन्न खेलमा दिल्लीले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको हो। यो नतिजासँगै दिल्लीले चार खेलबाट आठ अंक पुर्याएको छ।
बैंग्लुरुको भने यो दोस्रो हार हो। यसअघि बैंग्लुरु राजस्थान रोयल्ससँग ५० रनले पराजित भएको थियो। बैंग्लुरुले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ दशलमव ५ ओभरमा चार विकेट गुमाउँदै १६९ रन बनायो।
टोलीलाई जित दिलाउन मध्यक्रमका राहुलले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए। ५३ बल खेलेका उनले सात चौका र ६ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्स २३ बलमा चार चौका र एक छक्कासहित ३८ रनमा अविजित रहे।
कप्तान अक्षर पटेल १५ रनमा आउट हुँदा फाफ डुप्लेसी, जेक फ्रेजर र अभिषेक पोरेल चल्न सकेनन्। बैंग्लोरका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए।
यश दयाल र सुयश शर्माको नाममा समान एक विकेट रह्यो।
त्यसअघि एम चेन्नस्वामी स्टेडियम, बैंग्लुरुमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रनको योगफल खडा गरेको थियो।
बैंग्लुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए। कप्तान रजत पाटीदार २५, विराट कोहली २२, कुर्णाल पाण्ड्या १८ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए। मुकेश कुमार र मोहित शर्माको नाममा समान एक विकेट रह्यो।
आज चेन्नई सुपरकिङ्स र कोलकता नाइट राइडर्सबीच राति पौने ८ बजे चेन्नईमा प्रतिष्पर्धा हुनेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया