logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • ट्रम्प भन्छन्- चिनियाँ सामानमा १०४ प्रतिशत कर महत्वपूर्ण हो

    1KShares
    ट्रम्प भन्छन्- चिनियाँ सामानमा १०४ प्रतिशत कर महत्वपूर्ण हो

    वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले लिइरहेको ट्यारिफको नीति आफ्नो देशका लागि महत्त्वपूर्ण साबित हुने बताएका छन्। केही चिनियाँ सामानमा १०४ प्रतिशत करको निर्णय गरेपछि ट्रम्पले सो कुरा बताएका हुन्। यता चीनले पनि ट्रम्पले दिएको डेटलाइनमा प्रतिकात्मक करको निर्णयबाट फिर्ता लिन अस्वीकार गरेको छ।

    मंगलबार केही समयका लागि बढेको अमेरिकी शेयर बजार ट्रम्पले चीनविरुद्ध थप करको घोषणा गरेपछि ओरालो लागेको छ। ६० देशलाई असर गर्ने ट्रम्पको यो घोषणा बुधबारको मध्यरातबाट लागू हुने छ। भर्खरै ट्रम्पले राष्ट्रिय रिपब्लिकन कांग्रेसनल कमिटीको डिनरमा उपस्थित हुँदै औषधीमा थप कर लगाउने घोषणा गरेका छन्।

    अमेरिकाले चिनियाँ सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि कुल करको दायरा १०४ प्रतिशत भएको हो। पहिले नै २० प्रतिशत कर लगाइएको थियो। त्यसपछि ३४ प्रतिशत थप र अर्को पटक ५० प्रतिशत कर थपको घोषणा गरिएको हो।



    फास्ट न्युज    
  • २०८१ चैत्र २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट